जनप्रिय क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

पोखरा ।
पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसमा शनिबार वक्तृत्वकला, स्वागत र बिदाइ कार्यक्रम भएका छन् । शिक्षाशास्त्र संकायद्वारा आयोजित कार्यक्रमको पहिलो चरणमा शिक्षाशास्त्र संकाय चौथो वर्षका विद्यार्थीले वक्तृत्वकला प्रतियोगिता आयोजना गरे ।
प्रतियोगितामा अमृत काफ्ले प्रथम बन्दा द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः प्रतिभा विक, सुस्मिता अधिकारी र विन्दु पौडेलले प्राप्त गरे । विजयी विद्यार्थीलाई सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले पुरस्कार वितरण गरे । उनले जनप्रिय क्याम्पसले नियमित पठनपाठनका अतिरिक्त सहकार्यकलापलाई पनि महत्व दिएको जनाए ।
दोस्रो चरणमा स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत र चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरिएको थियो । यस क्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए ।
प्राध्यापकहरू डा. नवराज न्यौपाने, वेदहरि तिमिल्सिना, कृष्णप्रसाद त्रिपाठी, गोपालप्रसाद बराल, सिबी पोखरेल, गणेश चालिसे, विश्वराज अधिकारी लगायतले विद्यार्थीलाई विद्यार्थीहरुको सफलताको कामना गरे ।
उपप्राध्यापक गोविन्दप्रसाद गैरेले प्रकारका कार्यक्रमको आयोजनाबाट विद्यार्थीलाई आफ्नो कर्मक्षेत्रमा जाँदा आवश्यक पर्ने ज्ञान, सीप प्राप्त हुने जनाए । अर्का उप्राध्यापक विष्णुप्रसाद शर्माले विद्यार्थीमा हुने सिर्जनात्मक क्षमताले नै उनीहरूलाई समाजमा सम्मानित बन्न सहयोग पुग्ने सुनाए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया