पोखराको मिडटाउनमा अन्तर्राष्ट्रिय ब्रान्डेड पर्फ्युमको पसल इना सेन्टर खुल्यो

पोखरा ।
अन्तर्राष्ट्रिय ब्रान्डका पर्फ्युम किन्न कि अनलाइन सपिङको भर पर्नुपर्ने कि काठमाडौं या विदेशै जाँदा किन्नुपर्ने पोखरेलीको बाध्यता अब रहेन । ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्ष्य गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ ।
अन्तरार्ष्ट्रिय ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंमा सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मल गरी ४ वटा आउटलेट सञ्चालनमा छन् । पोखराको पाँचौं आउटलेट हो । बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म सेन्टर खुला रहने भएको छ ।
सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए । पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि आफू यहाँ आएको उनले बताए । ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो,’ उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं ।’ पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध गराइएको छ ।
काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट खोल्ने योजना रहेको बर्ताैलाले सुनाए ।
इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र वरिष्ठ पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए । कलाकार राउतले आफू पनि पर्फ्युमको पारखी रहेको बताउँदै इना सेन्टरबाटै किनमेल गर्दै आएको सुनाइन् ।

उद्यमी पौडेलले अनलाइनबाटै भए पनि इना सेन्टरबाट आफू र आफ्नो परिवारले पर्फ्युम किनमेल गर्दै आएको स्मरण गरे । ‘पर्फ्युम चाहिँदा काठमाडौं वा अनलाइनको भर पर्नुपरेन, पोखरामै आउटलेट हुँदा सजिलो हुने भयो,’ उनले भने, ‘अब त तुरुन्तै चाहिँदा पनि किन्न सकिने भयो ।’











कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया