वेष्टईन्डिज माथि नेपालको शानदार जित, रोहितले हाने शतक

पोखरा ।
नेपाली टिमका कप्तान रोहित पाैडेलकाे शानदार शतकका मद्दतले नेपालले टेष्ट मान्यता प्राप्त देश वेष्ट इन्डिज माथि ४ विकेटकाे धमाकेदार जित हात पारेको छ ।
५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । उनले ५४ बलमा ११२ रन बनाएर आउट । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार साह ५ रनमा आउट भए ।
गुल्शन झा ९ र प्रतिश जीसी ५ रनमा अविजित रहे । अन्तिम ओभरमा ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका प्रहार गर्ने नेपाललाई जीतको स्वाद चखाए ।
यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाएका थिए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडिम एलेनसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चार्ल्स शून्य रनमा आउट भए । कडिम एलेन १४ र किमो पल शून्य रनमा अविजित रहे









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया