शनिबार बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार खुल्यो

पोखरा ।
वायुमण्डलको अवस्था अनुकुल बन्न नसकेपछि शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन सकेन । विमानस्थलबाट उडानमात्र होइन, अन्यत्रबाट पनि पोखरा जहाज आउन सकेन । वायुप्रदूषणको दर ह्वात्तै बढ्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बन्दै गर्नुपरेको थियो । आइतबार दिउँसोदेखि मौसम अनुकुल हुँदै गएपछि विमानस्थल खुलेको छ । काठमाडौंबाट उडेको वुद्ध एयरलायन्सको विमान दिउँसो साढे २ बजे पोखरा सफल अवतरण गरेको हो ।
यद्यपि शनिबार पोखरा विमानस्थलमा विमान अवतरण र उडान भर्न सकेनन् । एक हजार मिटर मात्र भिजिविलिटी हुँदा विमानस्थल बन्द गर्नुपरेको थियो । जबकी पोखराबाट उडान भर्ना १८ सय किलोमिटर भिजिविलिटी आवश्यक पर्छ भने अवतरण गर्न ३७ सय मिटर भिजिविलीटी आवश्यक पर्छ । शनिबारको भन्दा आइतबारको मौसम सफा भएपछि विमानस्थल सफल अवतरण गरेको हो ।
आइतबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी ५ हजार मिटर छ । ३ दिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी नपुग्दा उडानहरु अवरुद्ध हुँदै आएका थिए । शुक्रबार ३० उडान अवरुद्ध भएकोमा शनिबार विमानस्थल बन्द नै गर्नुप¥यो ।
आइतबार बिहानै पनि ‘भिजिबिलिटी’ कम हुँदा कुनै पनि एयरलायन्सले उडान भर्न सकेका थिएनन् । तर, दिउँसो पोखराको मौसम खुल्दै गएको छ । प्रदूषणको मात्र पनि घट्दै गएको तथ्यांकले देखाएको छ । जसका कारण एयरलायन्सहरुले अब रोकिएका उडान नियमित हुने जनाएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानबाट दैनिक विभिन्न एयरलायन्सका ३३ वटा उडान हुँदै आएको छ । जसमध्ये वुद्धको २०, यति एयरलायन्सको १० र श्री एयरलायन्सको ३ वटा उडान हुन्छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया