सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

काठमाडौं ।
चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।
‘उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसी टेक्नेलोजी छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि छ,’ कम्पनीले भनेको छ ।
नेपालमा त्यही पनि तराई जस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्छ । यस्तो अबस्थामा फ्यान पनि सोही अनुसार घुम्छ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको सिजीले जनाएको छ ।
यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान छ । रिमोटको सुविधा युक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ ।
यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आइरहेको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया