मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
समाधान संवाददाता
२०८१ वैशाख २१ गते १५:३४

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाले वैशाख २३ गते अर्थात आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आइतबार दिउसो ३ बजेका लागि प्रदेश सभा बैठक राखिएकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएकाे सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
प्रदेश सभामा सभामुखसहित एमाले, माओवादी केन्द्र र स्वतन्त्र गरी ३१ सांसद छन् भने प्रतिपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ गरी २९ छन् । राप्रपाले विपक्षमा मतदान गरेमा सत्तापक्षमा ३० मत पर्नेछ । सर्वोच्चको पछिल्लो आदेश अनुसार सत्ता पक्षले ३० लाई नै बहुमत मान्ने तयारी गरेको छ भने विपक्ष त्यो मान्न तयार छैन् ।
सम्बन्धित









कांग्रेस एमाले एकै ठाउँ, नेकपा र जनमोर्चा पनि मैदान
एमालेले गण्डकीका १० जिल्लामा इन्चार्ज तोक्यो
कम्पनी सचिव : आवश्यकता कि बाध्यता
अरनिको नेपालका गहना
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया