कास्कीका ४ पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

समाधान संवाददाता २०८१ वैशाख २३ गते १२:५८

पोखरा ।
कास्कीका ४ पत्रकार प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् । ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा २७ औँ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका हुन् ।

Advertisement


महासंघको केन्द्रीय साधारणसभा तथा २७ औँ महाधिवेशन उद्घाटन समारोहमा महासंघ केन्द्रीय समितिको निर्णयबमोजिम उनीहरुलाई प्रेस स्वतन्त्रता सेनानी घोषणा गरिएको हो । कास्कीबाट अग्रज पत्रकारहरु रमेश पौडेल, रवीन्द्र बास्तोला, नवराज सुवेदी र पदम रेग्मी प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित बनेका हुन् ।


सम्मानित पौडेल समाधान दैनिकका संस्थापक सम्पादक हुन् । तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी गोरखापत्र दैनिक र नेपाली टेलिभिजनमा आवद्ध छन् । प्रेस काउन्सिलबाट अग्रज पत्रकारिता सम्मान २०८० बाटसमेत सम्मानित पौडेलले नेपाल पत्रकार महासंघ कास्कीबाट सञ्चालित दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, पर्वतको हरिमखमली प्रेस युनियन पत्रकारिता पुरस्कार लगायतका पुरस्कार पाएका छन् ।

Advertisement


बास्तोला महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । उनले आदर्श समाज दैनिक र पोखरा आवाज दैनिकमा पनि काम गरेका थिए । फेवा पोस्ट साप्ताहिकका सम्पादक सुवेदी गोरखापत्र संस्थानका पूर्वसञ्चालक हुन् । रेग्मी माछापुच्छ्रे साप्ताहिकका प्रधानसम्पादक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया