सहारा विद्यालयलाई स्मार्ट टिभि सहयाेग

पोखरा ।
सहारा बाल आधारभूत विद्यालयलाई पोखरा १७ विरौटाका समाजसेवी सुवेदारनी धन कुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । नर्सरीमा पढ्ने बालबालिकालाई प्रविधीमैत्रीरुपमा अध्यापनगर्न सहज हुने हेतुले टेलिभिजन सहयोग गरिएको गुरुङले बताइन् ।
गुरुङले विद्यार्थीको उज्वल भविष्यको कामना सहित आशिर्वाद दिएकी थिइन् । । गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् । पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
वडाध्यक्ष मर्सानीले विद्यालयको शैक्षिक एवम् भौतिक अवस्थाको बारेमा चासो राख्दै गुरुङ परिवारलाई धन्यवाद दिए ।
साथै सो विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य नन्दराम गिरी, पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीको उपस्थिति थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।









कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जिबी डेटा
निर्वाचन आउन ५३ दिन बाँकीः सामाजिक सञ्जालमा एआईको प्रयोग गरी दुष्प्रचार गर्न नपाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया