पोखरा २९ पूर्ण खोप वडा

समाधान संवाददाता २०८१ जेठ १ गते ११:२४
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सबै बालबालिकालाई खोपको पूर्ण मात्रा प्रदान गरिएकाले पूर्ण खोपको वडा घोषणा गरिएको हो ।

Advertisement


वडाले पछिल्लो १५ महिनामा १६ देखि ५९ महिनाका ७ सय १८ जना र १५ महिनाका २ सय ८ बालबालिकाका लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्रा पूरा गरेको छ । पोखरा महानगरपालिका स्वास्थ महाशाखाका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडा अध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र प्रदान गरे ।

विसं. २०३४ देखि सुरु भएको राष्ट्रिय खोप अभियानलाई सफल पार्न स्वाथ्यकर्मीदेखि स्वयम्सेविकाहरुले गरेको योगदानको उच्च कदर गर्दै सरकारले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै आएको छ ।


समयमा नै सबै बालबालिकालाई अनिवार्य रुपमा खोप प्रदान गर्न स्वाथ्य निरीक्षक गुरुङले अनुरोध गरे । वडाध्यक्ष गुरुङले बालबालिकाको मृत्यु दर कम गर्न र भविष्यका बालबालिकालाई समेत निरोगी बनाउन वडा कार्यालय प्रयत्नशील रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समन्वय समिति सदस्य बाबुराम सुवेदी, कार्यपालिका सदस्य निर्मला पौडेल, वडा खोप समन्वय समिति पोखरा २९ की फोकल पर्सन सावित्रा लामिछाने, वयवस्थापन समिति सदस्य चेतबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया