फेवातालमा क्रस लेक पौडी प्रतियोगिता

पोखरा।
पोखरामा पहिलो पटक आयोजना भएको ‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’मा पुरुषतर्फ अभय अधिकारी र महिलातर्फ रुबी तामाङ प्रथम भएका छन् ।
गण्डकी प्रदेश पौडी संघले शनिबार फेवाताल किनारमा आयोजना गरेको प्रतियोगितामा दुवै विधामा गरी ३७ जना सहभागी थिए । पुरुषतर्फ अर्जुन नेपाली दोस्रो, ऋषि पौडेल तेस्रो बन्दा महिलातर्फ लसता श्रेष्ठ दोस्रो र युनिशा कुँवर तेस्रो ठहरिए । दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र पाएका छन् ।
पर्यटकका लागि आयोजित स्विम फर फन विधामा फ्रान्सका दिलाहेय प्रथम, अस्टिलियाकी चारलेटी लुइस दोस्रो र अमेरिकाका रेमन्ड माइकल तेस्रो बने । उनीहरुले पदक, प्रमाणपत्र र विभिन्न फ्रि कुपन पाएका छन् ।
कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगितालाई निरन्तरता दिन सघाउने बताए । उनले फेवाताल प्रवर्धन गर्न यस्ता गतिविधिले सघाउने जनाए । आयोजक संघका अध्यक्ष आनन्द कुँवरले पछिल्लो समय फेवाताल अतिक्रमण र प्रदषित हुँदै गएको अवस्थामा कार्यक्रमले पौडी खेलको विकास र पर्यटन प्रवर्धन दुवै हुने जनाए ।
संघ गण्डकी सचिव अनिल थापाले फेवातालका विषयमा उठेका नकारात्मक सन्देशलाई चिर्न पौडी प्रतियोगिता उपयोगी भएको र अर्काे साल अझ ठूलो प्रतियोगिता गर्न पहल लिने उल्लेख गरे । पोखरा महानगर वडा नं ६ को कार्यालय, नेपाल पर्यटन बोर्डको कार्यालय पोखरा, पोखरा पर्यटन परिषद लगायतले प्रतियोगिताका लागि सहयोग गरेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया