सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

पोखरा ।
सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिंक बजारमा ल्याएको छ । रस बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीको दाबी छ ।
डेरीका अनुसार रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको स्वचालित मेसिनबाट उत्पादन गरिन्छ ।
‘यो ड्रिंकमा आल्मोन्डसको स्वाद, स्याफ्रनको गुडनेस र दूधको तागतले उपभोक्तालाई रिफ्रेस गर्नुका साथै ऊर्जा पनि प्रदान गर्छ,’ डेरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान समयको जीवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नका लागि शरीरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्छ । उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्न चाहिने उ,र्जा रस बदाम ड्रिंकले पूर्ण गर्छ ।’
सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्न कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ । रस बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । १८० एमएल रस बदाम ड्रिंक क्यानको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
तपाईको प्रतिक्रिया