विद्यार्थीलाई कम्प्युर सिकाउँदै पोखरा २७
समाधान संवाददाता
२०८१ जेठ ७ गते १३:१२
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले एसइइ दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिएको छ । वडा नम्बर २७ को संयोजन र वडा नं २९, ३०, ३१ र ३२ समन्वयमा १५ दिने कम्प्युटर र व्यक्तित्व विकास तालिम सुरु गरिएको हो ।
पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले तालिम सुरुआत गरे । उनले विद्यार्थीको सिकाई समयानुकूल परिवर्तन हुनुपर्नेमा जोड दिए । पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङलेसुन्दर भविश्यका लागि आजैदेखि मेहेनत र लगन जरुरी हुने औंल्याए ।
कार्यक्रममा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारीले अहिलेको अवस्थामा कम्प्युटर शिक्षा नजान्नु निरक्षर हुनु जस्तै हुने जनाए । कार्यक्रममा शिक्षा समितिका सदस्य यम रोक्का, वडा सदस्य जितेन्द्र क्षेत्रीले पनि बोलेका थिए । १५ दिनसम्म चल्ने तालिममा २ सय ५० विद्यार्थी सहभागी छन् ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया