नसर्ने रोग कम गर्न जीवनशैली परिवर्तन जरुरी

समाधान संवाददाता २०८१ जेठ ८ गते १७:१८

पोखरा ।
सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा विनोद पौडेलले नसर्ने रोगमा जीवनशैली परिवर्तन आजको आवश्यकता भएको बताएका छन् ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ३१ जलेश्वर शिव मन्दिर, बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनासताल बराह महाआरतीले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा डा पौडेलले उक्त कुरा बताएका हुन् ।


पोखरा ३१ को बेगनासताल होटल डे ब्रेकमा आइतबार भएको प्रशिक्षणमा डा पौडेलले भान्सालाई औषधालयको रुपमा परिवर्तन गर्न सकिने बताउँदै स्वास्थ्य अवस्थालाई धेरै धेरैभन्दा ध्यान दिन आवश्यक भएको बताए ।

हाल मानव जीवनको स्वास्थ्य आवस्था भयावह भएको बताउँदै मानवको मृत्यु, मानव जीवन शैलीका कारण लाग्ने रोग, दैनिक रुपमा उपभोग गर्ने आहार बिहारका कारण वर्षैपिच्छे मुटु रोगका बिरामी, क्यान्सर बिरामी, प्रेसरका बिरामी, सुगरका बिरामी बढ्दे गएको बताए ।


स्वस्थ हुन नियमित रुपमा व्यायाम, जीवनशैलीमा सुधार, ध्यानको अभ्यास, अध्यात्मिक किताबको अध्ययन गर्नुपर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए । विश्यमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्याको तथ्यांक प्रस्तुत गर्दै डा पौडेलले तनाव व्यवस्थापन गर्न नियमित रुपमा शारीरिक काम गरेर पसिना बगाउनु नै उत्तम उपाय भएको बताए ।

Advertisement


आहारविहारमा ख्याल गर्दै नियमित रुपमा योगाका साथसाथै शारीरिक कार्य गरेर नियमित रुपमा पसिना बगाएन सके स्वास्थ्य जीवनयापन गर्न सकिने बाताए ।

जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेगनासताल बराह महाआरती व्यवस्थापनका संयोजक राममणि अधिकारी, जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढुंगाना लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धु्रवनाथ अधिकारीले धन्यवाद ज्ञापन गर्दै प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्न सके स्वास्थ्य हुन सकिने बताए ।

तपाईको प्रतिक्रिया