पोखरा कलेजमा पिसिएम फेस्टबल

पोखरा ।
पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा पिसिएम फेस्टिबल भएको छ । पढाइ सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पिसिएम स्टुडेन्ट क्लबको सक्रियतामा फेस्टिबल भएको हो ।
कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेजका विद्यार्थीको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी बनेको जनाइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो,’ प्राचार्य श्रेष्ठले भनिन्, ‘स्पोर्टस् मिटबाहेक अरु कार्यक्रमले विद्यार्थीलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’
हरेक वर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसिएममा यो वर्षदेखि पिसिएम फेस्टिबल पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए ।
औपचारिक कार्यक्रमपछि ब्यान्ड र डिजेले प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया