रत्नशोभा माविमा नेतृत्व विकास तालिम
लेखनाथ ।
सामुदायिक विद्यालयका सरोकारवालाहरुका लागि नेतृत्व विकास तालिम भएको छ । शैक्षिक प्रशासन महाशाखाको आयोजनामा र रत्नशोभा माध्यमिक विद्यालय पोखरा २८ माझठानाको व्यवस्थापनमा २ दिन सञ्चालन भएको नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको हो ।
शैक्षिक प्रशासन महाशाखा पोखराका शिक्षा अधिकृत एवं प्रशिक्षक सोमनाथ भण्डारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, विद्यार्थी संख्या घट्नुका कारण, विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने कार्यहरु, विद्यालयका प्रशासनको जिम्मेवारी, शिक्षकहरु, विद्यार्थीहरु, कर्मचारीहरु र अभिभावकहरुको जिम्मेवारी, नेतृत्वमा हुनुपर्ने गुणहरु र सकारात्मक सोच लगायतका विविध विषयमा प्रशिक्षण दिएका थिए ।
भण्डारीले विद्यालयमा भएका साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्दै जिम्मेवारी बाँडफाँड गरी सामूहिक रुपमा गर्ने बानीको विकासले मात्रै गन्तव्यमा पुग्न सकिने बताए । सामुदायिक विद्यालयमा भौतिक संरचनालाई मात्रै ध्यान दिंदा शिक्षण सिकाइमा ध्यान नगएकोप्रति सचेत गराउँदै सामुदायिक विद्यालयमा जागरणको अभ्यास गरी अभिभावकको विश्वास जित्नुपर्ने अहिलेको आवश्यकता भएको औंल्याए ।
शिक्षा तथा विकास केन्द्र गण्डकी प्रदेशका प्रशिक्षक शंकर पोखरलले सामुदायिक विद्यालयमा व्यावहारिक शिक्षाको आवश्यकता, शिक्षण सिकाइका आधार, व्यावहारिक शिक्षाका वाधक तत्वहरु, स्वजागरण विधि, उत्प्रेरणा, योग, साधना, संवादका चरणहरु, नेतृत्व र अरुसँगको सम्बन्ध लगायतका विविध विषयमा प्रशिक्षण दिए । उनले नेतृत्व ठीक, बेठीक र विवाद भन्दा माथि उठेर सर्वविजयी बन्नुपर्नेमा जोड दिए ।
समापनका अनवसरमा रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले तालिम अति नै उपयोगी भएको सुनाए । भुर्तेल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोलाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या टिकाउन चुनौती रहेको बताए ।
रत्नशोभा माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका सदस्य हिमलाल आचार्यले यस्ता किसिमको तालिम अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरु लगायत सरोकारावाला सबैलाई आवश्यक भएको औंल्याए ।
तालिममा पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित भुर्तेल आधारभूत विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु, बालक्लबका प्रतिनिधि विद्यार्थीहरु र रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन सममितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु र जुनियर युवा रेडक्रस सर्कल र बाल क्लबका प्रतिनिधि विद्यार्थीहरुको सहभागिता थियो ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया