थोरङ भन्ज्याङको खोंचमा फसेका पर्यटकको प्रहरीद्वारा सकुशल उद्धार

जोमसोम—मनाङ र मुस्ताङको सिमाना थोरङ भन्ज्याङको ड्रम्प क्याम्प खोंचमा फसेका एक जना नेपाली पर्यटकलाई शनिबार मुस्ताङ प्रहरीद्वारा उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिगएको २ जना प्रहरी टोलीले कास्कीको पोखरा घर भई अमेरिका बस्ने ४५ वर्षीय सुदीप सुवेदीलाई सकुशल उद्धार गरेको हो ।
लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङतर्फ आउँदै गर्दा गन्तव्य पहिल्याउन नसकी थोरङ भन्ज्याङको ड्रम्प क्याम्प नजिकैको खोंचमा फसेर अलपत्र परेका सुवेदीलाई उद्धार गर्न ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको २ जना प्रहरी टोली १५ किमी उकालो हिडेर त्यहाँ पुगेको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङ हुँदै उनी एक्लै मुस्ताङतर्फ आउँदै गर्दा साँझ साँढे ६ बजे ड्रम्प क्याम्पको खोंचमा अलपत्र परेका थिए । सुवेदी अलपत्र परेको सूचना पाएपछि प्रहरीले राति साँढे ८ बजे त्यहाँबाट सकुशल उद्धार गरेको डिएसपी पाण्डेयले बताए ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया