हेलो हेल्थ क्लिनिकमा स्वास्थ्य शिविर

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को बुढीबजारमा रहेको हेलो हेल्थ क्लिनिकले राखेको शिविरमा २ सय ७५ जनाले सेवा लिएका छन् । विश्व थाइरोइड दिवसको अवसरमा राखिएको शिविरमा विशेष गरी महिलाहरुमा देखिने समस्याका बारेमा परामर्श र सचेतनामूलक प्रस्तुति थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले रोग लाग्नु पूर्व नै निरोगी बन्नका लागि अपनाउनुपर्ने आहार विहार र शारीरिक व्यायामका बारेमा सचेत रहन आग्रह गरे ।
सोही अवसरमा थाइरोइड रोग विषेशज्ञ प्रा.डा.तीर्थलाल उपाध्यायले घाँटीमा हुने थाइरोइड ग्रन्थीबाट आउने हर्मोनले खानालाई पचाएर शरीरलाई स्वच्छ राख्न मद्दत पु¥याउने भएकाले खाद्य वस्तुमा रासायनिक औषधी प्रयोग नभएको हुनुपर्ने बताए ।
हेलो हेल्थ क्लिनिकलका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराई, लोकसांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सिना, क्लिनिकका निर्देशक मदन बराल, सञ्चारकर्मी रामशरण नेपाली लगायतले आहारविहारका बारेमा विशेष ख्याल राख्नुपर्ने सुझाव राखेका थिए ।
प्रत्येक महिनामा रोग विशेषका आधारमा सिविर सञ्चालन गर्दै आएको हेलो हेल्थ क्लिनिकको शनिवारको शिविरमा विशेष गरी थाइरोइड रोगका बारेमा परामर्श, सुगर प्रेसरको परीक्षण लगायत रोग निवारणका उपायहरुका बारेमा जानकारी गराइएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया