गण्डकीमा सत्ता संकट
पाण्डे सरकारमा पनि राप्रपा सहभागी नहुने

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशमा भर्खरै बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि सहभागी नहुने भएको छ ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी नभएका कारण अधिकारी सरकार ढलेर कांग्रेस संसदीय दलका नेता पाण्डेले धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबै भन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् ।
स्रोतका अनुसार नवनियुक्त मुख्यमन्त्री पाण्डेले राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङलाई उर्जा मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राप्रपाको केन्द्रीय नेतृत्व तत्काल सरकारमा जान तयार भएन । यसको पुष्टी राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गरे ।
कांग्रेसको नेतृत्वमा बनेकाे गण्डकी प्रदेशको सरकारमा पनि हामी सहभागी हुँदैनौं– प्रवक्ता श्रेष्ठले समाधानसँग भने । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार बनेमा विश्वासको मत दिन भने सक्ने उनले बताए ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया