पार्किङमा राखेकाे मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ
समाधान संवाददाता
२०८१ जेठ २२ गते ११:१३

पोखरा ।
पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सुवास तामाङलाई पक्राउ गरेको हाे ।
पोखरा महानगरपालिका–१४ सितलटोलमा पार्किङ गरेर राखेको ग १५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीलका अनुसार उनले नक्कली चावी प्रयोग गरेर पार्किङमा रोकी राखेको मोटरसाइकलमा चोरी गरेका थिए ।
जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया