चित्रकलामा रबिना पहिलो
समाधान संवाददाता
२०८१ जेठ २५ गते १६:५२

पोखरा ।
धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयले बुधबार आयोजना गरेको चित्रकला प्रतियोगिता प्रतियोगितामा रबिना बस्नेत प्रथम भएकी छन् ।
‘पृथ्वीका लागि कलाः रचनात्मकतामार्फत प्रेरणादायक परिवर्तन’ भन्ने नाराका साथ भएको प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभूति पौडेल र सान्त्वना दीपक काउछा ठहरिए ।
१९ टिमको सहभागिता रहेको प्रतिोगिगतामा प्राज्ञ नगेन सिहले ललित कला देश विकासको मेरुदण्ड भएको बताए । गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरलले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने उल्लेख गरे ।
धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकासजंग कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सम्बन्धित









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया