डिभाइडरमा फूल रोप्दै संरक्षणकर्मी

पोखरा ।
पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धूपी र फूल ढकमक्क फुलेको भेटिन्छ । यो हरियाली र फूलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ ।
यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् । ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् ।
वातावरण संरक्षणका अभियन्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), रामबहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फूलका कटिङहरु लगेर सारेका हुन् ।
अहिलेसम्म १ हजार कर्बिर फूलका बिरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजारभन्दा बढी कर्बिर फूलका विरुवा रोप्ने तयार पारेको बताए । विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फूल सारेको उनले बताए ।
पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिँदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फूल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा बिरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियाली र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया