राजमार्गका होटलमा चर्को मूल्यसूची

पोखरा ।
पोखरा बाग्लुङ राजमार्गका होटल तथा रेस्टुरेन्टले खाना तथा नास्तामा चर्को मुल्यसूची राखेर यात्रुलाई ठगेको बजार अनुगमनको क्रममा पाइएको छ । खाद्य सामाग्रीको खरिदमूल्य र बिक्रीमूल्यमा धेरै अन्तर पाइएकाले केही होटललाई कालो बजारी अन्तर्गत कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा सिफारिस गरिएको पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख उपसचिव महाराज ढकालले जानकारी दिए ।
उनले राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टको मेनुमा प्रचलित दररेट भन्दा बढी मुल्यसूची राखेर ग्राहक ठगेको पाइएको बताए । जिल्ला अनुगमन समिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ नयाँपुल, अन्नपूर्ण ६को लुम्लेको ढावा, घुम्ती, ढिकुर पोखरी क्षेत्रका १९ व्यावसायिक प्रतिष्ठानको बजार अनुगमन गरेको थियो ।
‘अन्नपूर्ण ६ लुम्ले ढावाको बागलुङ बुर्तिबाङ मनीषा स्टाफ होटलले १८ रुपैयाँमा खरिद गरेको अण्डा उसिनेर ४० रुपैयाँमा बेचेको पाइएको छ,’ कार्यालय प्रमुख ढकालले भने, ‘सो होटलको मेनुमा खानाखाजा, तरकारी, सेलरोटीको मूल्य समेत अस्वभाविक रुपमा बढी छ ।’ उनले अण्डाको खरिद मूल्य र बिक्री मूल्यसूचीको विवरणसहित ३ दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन सिफारिस गरेको पठाएको उल्लेख गरे ।
उनले अस्वाभाविक मूल्य राखेर ग्राहक ठग्ने होटल सञ्चालकलाई २० हजारदेखि ५० हजारसम्म जरिबाना हुन सक्ने बताए । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, नापतौल तथा गुणस्तर कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा कास्कीको टोलीले त्यस क्षेत्रको किराना पसल, खाद्य स्टोर्स, होटल तथा रेस्टुरेन्ट, हार्डवयर, कस्मेटिक पसल, फलफूल तथा तरकारी पसल, पूजा सामग्री पसलको अनुगमन गरेको थियो ।
कार्यालय प्रमुख ढकालले अधिकांस पसलले बिक्रीका लागि राखिएका सामानमा मूल्यसूची टाँस नगरेको बताए । व्यावसायिक प्रतिष्ठानको दर्ता तथा नवीकरण, नापतौलमा राखिएका ढक तराजुको अद्यावधिक, म्याद गुज्रेको समानको विवरण, सरसफाइको अवस्थाबारेको अनुगमन गरी सुधार गर्नु पर्ने विषयमा सुझाव दिएको जानकारी दिए ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया