विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नम्बर ५ को वीरेन्द्र आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । विद्यालयका २२ जना बालबालिकाहरुका लागि विद्यालय पोशाक (सर्ट, पाइन्ट/फर्क एक एक जोर) का साथै आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, लगायत शैक्षिक सामग्री, सहयोग गरिएको थियो ।
कार्यक्रममा सहयोग गरिएको पोशाक चिप्लेढुंगा पोखरा निवासी समाजसेवीद्वय युगेन पालिखे र मन्दिरा श्रेष्ठबाट सौजन्य प्राप्त भएको थियो । कार्यक्रममा रुपा ५ का वडासदस्य रामकृष्ण बसौलाले क्लबले विद्यालयलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या वृद्धिदरमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोनाकुमारी यादवले कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने भनाइ राखिन् ।
क्लबका सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत र निर्देशक रवि मर्सानीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया