पोखरामा म्याजिक मेडिकेयर सञ्चालनमा

पोखरा ।
पोखरा ९ न्युरोडमा म्याजिक मेडिकेयर सञ्चालनमा आएको छ । ५० लाख लागतमा सञ्चालनमा आएको मेडिकेयर २ महिना अघि सञ्चालनमा आएको हो ।
बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधी उपलब्ध गराउने उद्देश्यले मेडिकेयर सञ्चालनमा ल्याएको मेडिकेयरका सञ्चालक सुवर्णराज पन्तले बताए । सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित उनीहरुका समस्यालाई मध्यनजर गरि मेडिकेयर सञ्चालन गरिएको उनको भनाइ छ ।
मेडिकेयरले बाल, महिला तथा पुरुष हेरचाह, कपाल, छाला सम्बन्धि सामग्री, दैनिक जीवनमा आवश्यक पर्ने स्वास्थ्य सम्बन्धित सामग्री लगायतका सुविधा उपलब्ध गराउने पन्तले जानकारी दिए । आवश्यकता अनुसार सुविधा विस्तार गर्दै जाने योजना रहेको उनले सुनाए ।
‘औषधि किन्ने बेला औषधि बनेको र म्याद सकिने मिति तथा खाने तरिका र समयबारे स्वास्थ्यकर्मीसँग राम्रोसँग बुझ्नुपर्छ,’ उनले भने ‘औषधिको बनेको र म्याद सकिने मिति औषिधको पछाडिपट्टि स्पष्टसँग लेखिएको हुन्छ । यदि लेखिएको छैन भने त्यस्तो औषधि किन्नुहुँदैन ।’
पोखराका पन्तको पुख्र्याैली घर पर्वत हो । उनले चरक एकेडेमीबाट डिप्लोमा इन फार्मेसी गरेका हुन् । उनी नोबेल एकेडेमीमा ब्याचलर इन फार्मेसी अध्ययनरत छन् । पन्त नेपाल फार्मेसी संघ गण्डकीका सचिव हुन् । उनले १० वर्ष म्याजिक मेडी कन्सर्न सञ्चालन गरेपछि सेवा विस्तार गरेका हुन् ।
एन्टिबायोटिकको जथाभावी विक्री र प्रयोग भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘औषधी पसलले डाक्टरको सल्लाहविना विक्री गर्न नहुने तथा बिरामीले पनि डाक्टरको सल्लाहविना औषधीको प्रयोग गर्न हुँदैन ।’
एन्टिबायोटिकको जथाभावी प्रयोगले ठूलो समस्या निम्तिन सक्ने बताउँदै औषधी पसलमा नियमित अनुगमन र बिरामीलाई जनचेतना जगाउन आवश्यक रहेको उनले औंल्याए ।
मेडिकेयरले निशुल्क घैंटामा पानी पनि उपलब्ध गराइरहेको छ । ‘पानी पनि किनेर खानुपर्ने बाध्यता छ, सबैले पानी किन्न पनि सक्दैनन्, सानो सहयोग भएपनि गर्न सकियोस् भनेर निशुल्क पानी वितरण गर्न थालेको हुँ,’ पन्तले भने ।
उनले थपे, ‘पहिला वरपिपल, चौतारोमा घैंटामा पानी राख्ने चलन थियो त्यही परम्परालाई जोगाउन साथै यसबाट पूण्य प्राप्त हुन्छ भन्ने विश्वास पनि छ ।’










कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया