पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिबल

पोखरा ।
पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषद (स्वविप) ले आयोजना गरेको यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल शनिबार आरम्भ भएको छ ।
कार्यक्रममा स्वविप सभापति विराट सिक्देल, इन्जिनियर कृष्ण घिमिरे, चिजकाजी गुरुङ, डा शैलेश गुरुङ, इन्जिनियर देउकाजी गुरुङ, सुभाष पण्डित, मुस्कानरज गौतम लगायतले मन्तव्य दिएका थिए । वक्ताहरुले यस कार्यक्रमले विद्यार्थीहरुमा आफूले पढेको प्राविधिक ग्यानलाई व्यावहारिक रुपमा प्रदर्शनी गर्ने फोरमको रुपमा यन्त्रको विकास भएको बताए । त्यसै गरेर प्राविधिक प्रदर्शनीबाहेक साहित्य र सांगीतिक कर्यक्रमले विद्यार्थीभित्र लुकेर रहेका विविध प्रतिभाको प्रष्फुटन हुने हुनाले यसको समीश्रणले फेस्टिभल अझ ओझिलो भएको बताए ।
फेस्टिभलमा अर्किटेक्चर र इन्जिनियरिङका प्रदर्शनीहरु, टक शो, प्यानेल डिस्कसन, ह्याक्थोन प्रतियोगिता, पब्जी गेम प्रतियोगिता, अन्तर कलेज विभिन्न खेल प्रतियोगिता, चेस प्रतियोगिता, फुड स्टलहरु, साहित्यिक र सांगीतिक साँझ राखिएको छ ।
समुदघाटन कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीमती हीरा गुरुङको प्रमुख अतिथ्यता र स्वविपका सभापति विराट सिग्देलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन सचिव मिलन डुम्रे र कृति वाग्लेले गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया