हाजिरीजवाफमा डायमन्ड मोडेल प्रथम

समाधान संवाददाता २०८१ असार ९ गते १५:१२

पोखरा ।
नेसनल प्याब्सन कास्कीको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ । एनप्याब्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा डायमन्ड मोडल स्कुलका सुदर्शन पौडेल, विवेक ढुंगना, सुजता अधिकारी र विमर्श न्यौपानेको समूह प्रथम भएको छ ।

Advertisement


मर्निङ ग्लोरी एकेडेमीका सिवानी भण्डारी, स्तूति अधिकारी, सुयोग आचार्य र साजन गिरी द्वितीय, वागमारा एकेडेमी गार्डेनका औपा भण्डारी प्रथम, रिजन थापा गौरव गौतम र अञ्जीला शर्मा तृतीय, रिलायन्स पब्लिक इंगलिस स्कुलका आदर्शनारायण बराल, भूमि रानाभाट, दीपशिखा क्षेत्री र रोशिका रानाभाट सान्त्वना बने ।


त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलका सन्देश थापा, लेनिस केसी, आयुस लङगुन, प्रशान गौतम तथा चिल्डे«न एकेडेमी स्पन्दन घिमिरे, वसन्त हर्मेल, जेसुस तामाङ सेरोज गुरुङ क्रमश पाँचौ र छैटौं बने । कार्यक्रममा जिल्ला विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि हाजिरीजवाफ प्रतियोगिता कोषेढुंगा साबित हुने जनाए ।

Advertisement


उनले हरेक युनिट सकेपछि विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने युनिटबाट प्रश्न सोध्ने बानीको विकास गर्न सकेमा विद्यार्थीमा उत्प्रेरण जाग्ने जनाए । ‘विद्यार्थीको सिकाईको अभिन्न अंग भनेकै हाजिरीजवाफ प्रतियोगिता हो’, उनी भन्छन्, ‘हरेक युनिटसँगै जुनसुकै विषयमा पनि प्रश्न सोधेर विद्याथीको उत्प्रेरण जगाउने काम शिक्षकले गर्नुपर्दछ ।’


एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विक्रम सुवेदी र सदस्य हरिराज अधिकारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया