लेखनाथमा रोपाईँ महोत्सव हुने
समाधान संवाददाता
२०८१ असार १० गते ११:४७
लेखनाथ ।
मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले असार १५ गते लेखनाथमा रोपाईँ महोत्सव हुने भएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा पोखरा ३० को वडा स्तरीय कृषि सञ्जालको आयोजना र विभिन्न संघ, संस्थाको सहकार्यमा आगामी शनिबार पोखरा ३० को तागकोमुख फाँटमा महोत्सव गर्न लागिएको हो ।
कृषिप्रधान देश भएर पनि कृषि उत्पादन आयत गर्नुपर्ने बाध्यात्मक बदल्ने लक्ष्यले महोत्सव गरिएको हो । नेपालको मुख्य बाली धानको महत्व बुझाउन कार्यक्रम गर्न लागिएको कृषि सञ्जालका अध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम ढकालले जानकारी दिए ।
महोत्सवमा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समाउने प्रतियोगिता, महिला पुरुषको हिलो दौड प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुने सञ्जालका सचिव अनन्त कँडेलले बताए ।
सम्बन्धित
३









सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया