ह्यान्डबलमा कास्की र तनहुँ च्याम्पियन

पोखरा ।
गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो ।
आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङ्जालाई १२–२ को फराकिलो गोलअन्तरले हराउँदै उपाधि चुमेको हो । पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
उपाधिसँगै च्यापियनद्वय कास्की र तनहुँले समान ५०–५० हजार रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको स्याङ्जा र कास्कीले समान ३०–३० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएका बागलुङ र स्याङ्जाले १५–१५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी भोषित भए । उनीहरु दुवैले समान ५–५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । महिलातर्फ उत्कृष्ट गोलरक्षक कास्कीकी अमिसा गुरुङ र उच्च गोलकर्ता कास्कीकै आकृति गुरुङ घोषित भइन् । आकृतिले कुल ९ गोल गरिन् ।
पुरुषतर्फ कास्कीका केविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । तनहुँका कास्कीका वासु गुरुङले २६ गोल गर्दै उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट भएका उनीहरुले २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता थियो ।
पुरुषतर्फको कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङजा र पर्वतको सहभागिता रहेको थियो भने, महिला तर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर । स्याङजाको सहभागिता थियो । प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनोटसमेत हो । प्रतियोगिताबाटै खेलाडी छनोट हुनेछन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया