लेखनाथ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि व्यवसाय मानव स्वास्थ्यसँग जोडिएकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार र संवेदनशील हुनुपर्ने औंल्याएका छन् । नेपाल औषधि व्यवसायी संघ, गण्डकी प्रदेशको दोस्रो अधिवेशन एवं तेस्रो साधारणसभालाई सोमबार पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
‘नेपालका दुर्गम क्षेत्रमा अझै पनि नागरिकको प्राथमिक उपचार तथा औषधि व्यवसायीद्वारा नै हुने गरेकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार हुन जरुरी छ’, उनले भने, ‘एक÷दुई व्यवसायीको गल्तीका कारण सिंगो औषधि व्यवसाय बदनाम बन्नु हुँदैन ।’ गण्डकी प्रदेश सरकार अस्थिर भएकाले स्वास्थ्यसम्बन्धी नीति बनाउन ढिलाइ भएको उनको स्वीकारोक्ति छ ।
मुख्यमन्त्री पाण्डेले अब चाँडै सोसम्बन्धी व्यवस्था गर्ने वाचा गरे । नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आम उपभोक्तामा गुणस्तरीय औषधिको पहुँच पु¥याउन आवश्यक भएको बताउँदै उनले कानुनविपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने तयारीमा विभाग रहेको सुनाए । ‘औषधि व्यवस्था विभागले देशैभरि अनुगमन गरी कानुनविपरीत व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गर्ने तयारी छ । अनुगमन कार्यमा व्यवसायीको सहयोग आवश्यक छ’, उनले थपे ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले अन्य वस्तुको तुलनामा औषधि व्यवसाय पृथक र संवेदनशील भएकाले आत्मअनुशासनमा रहेर कारोबार गर्न व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, उपाध्यक्ष शिवबहादुर केसी लगायतले बोलेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया