निर्माण सम्पन्न मानी कर असुल गर्ने तर सम्पन्नताको प्रमाणपत्र नदिने गर्नु अन्यायपूर्णः मणिपाल

पोखरा ।
मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरपालिकाले निर्माण सम्पन्न प्रमाणपत्र नदिएको तर कर असुल गरेको बताएको छ । २०५३ मा बनेको मणिपालले २०५४ सालदेखि कर तिरिरहेको बताएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले २०५६ मा अस्पताल सञ्चालन अनुमति दिए पनि निर्माण सम्पन्न प्रमाणपत्र नदिएको बताए । अस्पतालले २०५७ सालदेखि हालसम्म ७ करोड ४७ लाख रुपैयाँभन्दा बढी कर तिरेको उनको भनाइ छ ।
‘अस्पताल निर्माण सम्पन्न मानी कर असुल गर्ने तर सम्पन्नताको प्रमाणपत्र प्रदान नगर्ने कार्य आफैमा विरोधाभाष तथा अन्यायपूर्ण छ,’ ओडुभिलले भनेका छन् ।
‘निमार्ण सम्पन्न भए पश्चात २०५७ मा पहिलोपटक महानगरलाई प्रमाणपत्रका लागि निवेदन दिएका थियौं, त्यो निवेदन पनि छ । पहिलो पटकमा नपाए पछि पुनः २०५८ सालमा दोस्रो पटक र २०५९ मा तेस्रो पटक माग गरेका थियौं,’ उनले भने ।
२०५७ सालमा ऐन बनाइए पनि त्यसपूर्व नै अन्यायपूर्ण हिसाबमा २०५४ सालबाट नै कर लगाइएको ओडुभिलको भनाइ छ ।
महालेखा परीक्षकको प्रतिवेदनले अनुमानको भरमा मणिपाल शिक्षण अस्पतालले करोडौं कर तिर्न बाँकी छ भनेर तयार पारेको प्रतिवेदनप्रति असहमति रहेको उनले बताए । महालेखाको प्रतिवेदनमा एकातिर अंक नै तोकेर राजस्व असुल्न भन्नु र अर्काेतिर पुन कर यकिन गर्न आदेश दिनुले यो प्रतिवेदन गहिरो अध्ययन बिना नै तयार पारेको प्रष्ट हुने अस्पतालले ठहर्याएको छ ।
असार १० गते पन्ध्रौं नगरसभामा पोखराका मेयर धनराज आचार्यले घर नक्सापासमा अस्पताललाई दिएको २० करोड कर छुट बदर गरेको बताएका थिए । २०५३ मा बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको ०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर १ करोड ७५ लाख लिई निर्माण सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको महालेखाको प्रतिवेदनबाट खुलेको थियो ।
अस्पतालका अनुसार २०५८ भदौ १ मा पनि भवनको क्षेत्रफल समेत खुलाई निर्माण सम्पन्न माग गरिएको थियो । दोस्रोपटक माग गर्दा पनि सम्पन्नताको प्रमाण पत्र नदिइएकाले २०५९ जेठ १६ मा निर्माण सम्पन्न माग गरिएको थियो । पटकपटक माग गर्दा पनि सम्पन्नको कागज नदिने तत्कालीन नगरपालिका प्रशासनले नदिनुको कारण भने कहिल्यै नखुलाएको अस्प्तालको भनाइ छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया