विद्यार्थीलाई दिवा खाजा सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले कास्कीको मादीस्थित १ आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजा सहयोग गरेको छ ।
मादी ५ मा अवस्थित चण्डिका स्कुलका विद्यार्थीका लागि क्लबले दिवा खाजाअन्तर्गत १० हजार रुपैयाँ सहयोग गरेको हो ।
क्लबले लायन वर्ष २०२४/२५ को पहिलो दिन जुलाई १ तारिखको अवसर पारी सहयोग गरेको कार्यक्रम संयोजक एवं सोही वडाका जनप्रतिनिधि सुजनबाबु अधिकारीले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट इमरजेन्सी फन्ड म्यानेजमेन्ट चिफ होमविलास सापकोटा, लायन्स क्लब अफ पोखरा ग्यालेक्सीका द्वितीय उपाध्यक्ष सुजनबाबु अधिकारी, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिनेश गुरुङ, प्रधानाध्यापक देवीकुमारी गुरुङ लगायतले यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
क्लबका अध्यक्ष राजेन्द्र प्रसाद आचार्यको अध्यक्षतमा कार्यक्रम भएको थियो ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया