जनप्रिय माविलाई सिद्धार्थ क्लबकाे सहयाेग

पोखरा ।
सिद्धार्थ क्लब पोखराले पोखरा ८ सिमलचौर स्थित जनप्रिय माविलाई अक्षयकोषमा रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराललाई १ लाखको चेक हस्तान्तरण गरिन् ।
कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिद्धार्थ क्लबका सामाजिक कार्यको प्रशंसा गर्दै वडा कार्यालयसँग समन्वय बढाउन आग्रह गरे ।
कार्यक्रममा सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले विद्यालयका जेहेन्दार, सीमान्तकृत, आर्थिक अवस्था कमजोर र विपन्न वर्गका विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ अक्षयकोषमा रकम हस्तान्तरण गरिएको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, क्लबका सचिव विनोदप्रसाद श्रेष्ठ, निर्देशक रवि मर्सानी लगायतले कार्यक्रममा बोलेका थिए ।









तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर
गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समितिको बैठक सोमबार
मुक्तिनाथ विकास बैंक २० औँ वर्षमा, कृषिमा लगानी बढाउन ‘एग्रिफाइनान्स ३६०’ कार्यक्रम
जयलक्ष्मीका सिइओ सुशील केसी सम्मानित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया