विन्दवासिनी सहकारी ठगीमा २ प्रतिवादी पक्राउ
समाधान संवाददाता
२०८१ असार २६ गते १६:३४

पोखरा ।
विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा फरार २ जना प्रतिवादी पक्राउ परेका छन् ।
सहकारीका पूर्व सञ्चालक समिति सचिव ४६ वर्षीय किरण कपाली र पूर्वलेखा समिति संयोजक जिल्ला संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाल पक्राउ परेका हुन् । उनीहरु दुवैजना पोखरा १७, बिरौटाका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए । उनीहरुलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
पोखरा ९, न्युरोडस्थित उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।
सम्बन्धित









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया