लेकसिटीमा प्रजातन्त्रबारे विशेष कोर्स

पोखरा ।
पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिर्सच सेन्टरले नियमित पठनपाठनका अलावा विद्यार्थीको विकासका लागि इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टमको संयोजनमा र युएसएआइडी को सहयोगमा डिटिटीपी (डेमोक्रेसी थ्योरी टु प्राक्टीस ) प्रजातन्त्रः सिद्धान्तदेखि व्यवहार सम्म भन्ने १८ हप्ते कोर्ष सञ्चालन गरेको छ ।
काठमाडौका ५ विभिन्न कलेजमा सञ्चाचित यो कार्यक्रम काठमाण्डौ बाहिर भने लेकसिटी कलेजले मात्र सञ्चालन गर्दै छ । प्रजातन्त्रको सिद्धान्तदेखि यसका विभिन्न अवयव र सबलीकरणमा देखिएका चुनौतीका बारेमा अध्ययन गर्दै यो कार्यक्रमको अन्त्यसम्ममा विद्यार्थीहरुले गर र सिकको अवधारणा अनुरुप काम गर्ने छन् ।
विद्यार्थीले विभिन्न एक्सन प्रोजेक्टमार्फत सचेतना र सशक्तीकरणका कार्य गर्ने छन् । मानविकी र बाणिज्य गरी दुबै संकायका ३५ विद्याथी सम्मिलित कार्यक्रम यही असार २६ गते लेकसिटी हातामा उदघाटन भएको छ ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले विद्यार्थीले नियमित पठनपाठनबाहेक यस्ता कार्यक्रममा सहभागी हुने गरी कलेजले कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे ।
पृथ्वी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा लेकसिटी कलेज व्यवस्थापन समितिका पूर्व अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले विद्यार्थीलाई प्रश्नको महत्वबारे बुझाउँदै व्यवस्था, अवस्था र आफ्ना वरीपरी भइरहका काम, कारवाहीमाथि प्रश्न उठाउन आग्रह गरे ।
लेकसिटी कलेजका व्यवस्थापन समिति अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीलाई लोकतन्त्रको संस्थागत विकासका लागि आवधीक निर्वाचनको महत्व रहेको र युवा पुस्ताले लोकतन्त्र, निर्वाचन र सुशसनमा ध्यान दिए बल्ल देश विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यार्थीलाई पठन सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।
यो कोर्षवापत विद्यार्थीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । बरु इन्र्टनसीप लगायत युवा विद्यार्थी आदानप्रदान कार्यक्रम र सेमिनारमा समेत भाग लिने अवसर प्राप्त गर्ने छन् । नेपालबाहेक बाङलादेश, श्रीलंका, युक्रेन , जर्जीया, अर्मानीया र सर्बियामा समेत यो कार्यक्रम र कोर्ष सञ्चालनमा छ ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया