एलजीका वासर ड्रायर वासिङ मेसिन

पोखरा ।
मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुन्छ । कपडा धोए पनि पटक पटक पर्ने झरीले सुकाउन चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका बिभिन्न क्षमताका वासर ड्रायरहरु उपलब्ध छन् ।
सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुनेमात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वासर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ । जुन वासिङ मेसिनले कपडा धुनेमात्रै होइन, कपडालाई पूर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्छ ।
नेपालमा सिजी इलोक्ट्रोनिक्स एलजीको आधिकारिक बिक्रेता हो । यो वासिङ मेसिनले २ घण्टाभित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ ।
न्यूनतम ८ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीले जनाएको छ । एलजीका पछिल्ला सम्पूर्ण वासर ड्रायर वासिङ मेसिनहरु कृत्रिम बौद्धिकता अर्थात् आर्टीफिसीयल इन्टीलिजेन्स (एआई) जडित छन् ।
नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ । एआई जडित वासिङ मेसिनले बिभिन्न कपडाको प्रकार पत्ता लगाई त्यसका लागि उपयुक्त वाश साइकल आफैं चयन गरेर धुन्छ । एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाइल एप(थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ ।
सिजी इलोक्ट्रोनिक्सले यी वासर ड्रायर वासिङ मेसिन नेपालभर उपलब्ध भएको जानकारी दिएको छ । सिजी इलोक्ट्रोनिक्सका देशभर ५ सय डिलर छन् । यसैगरी २५ आधिकारीक सोरुम छन् । भाटभाटेनी जस्ता सुपर मार्केट र विभिन्न अनलाइन प्लाटफर्मबाट पनि एलजीका वासिङ मेसिन खरिद गर्न सकिन्छ ।
ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरी जडान र परीक्षणसमेत कम्पनीले गर्दै आएको छ । वासिङ मेसिनमा १० वर्षको वारेन्टी छ ।









इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया