अनेरास्ववियुले एसइई उत्तीर्णलाई सम्मान गर्ने

पोखरा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीले विद्यार्थीलाई सम्मान गर्ने भएको छ ।
हालै प्रकाशित २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ भन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई शनिबार सम्मान तथा करिअर काउन्सिलिङ कार्यक्रम गर्न लागेको हो ।
कास्कीमा १ हजार ६५७ जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका छन् । तीमध्ये २१ जनाले ४ जीपीए ल्याएका छन् ।
तीमध्ये एक हजार जना सम्पर्कमा आएको र उनीहरूलाई सम्मान गरिने अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । ४ जीपीए ल्याउनेलाई सम्मापत्र र दोसल्ला, ३.६ देखि ४ जीपीएसम्म ल्याउनेलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिने उनले बताए ।
सहभागी हुने विद्यार्थीलाई गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक अमृतराज बाँस्तोलाले करिअर काउन्सिलिङ गर्ने छन् ।
विद्यार्थीलाई अब कुन विषय पढ्दा ठिक हुन्छ, देशमा भएका अवसर र चुनौती, आफ्नो क्षमता पहिचानलगायत विषयमा जोड दिएर काउन्सिलिङ गरिने अनेरास्ववियु कास्कीका सचिव रवि क्षेत्रीले जानकारी दिए । ‘हामी विद्यार्थीको संगठन हौँ । त्यही भएर राम्रो गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ भनेर कार्यक्रम गर्न लागिएको हो,’ उनले भने ।
कार्यक्रम शनिबार बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरको प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी कार्यक्रमको प्रमुख अतिथि रहने छन् ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया