पोखरामा पहिरोमा परि मृत्यु भएकाको सामूहिक दाह संस्कार

समाधान संवाददाता २०८१ असार २८ गते १६:४७

पाेखरा ।

Advertisement

पोखरामा पहिरोमा परि मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ । पोखरा–१९ पुरनचौरका एकै परिवारका ७ जना र अन्य ४ जनाको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो ।

घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो ।

पुरनचौरका ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको शुक्रबार मृत्यु भएको थियो ।

पोखरा ३२ चैनपुरका अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतिक सुवेदीको शुक्रबार मृत्यु भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया