केदारेश्वरमा हाजिरीजवाफ
पोखरा ।
केदारेश्वर महादेवमणि सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरीजवाफ प्रतियोगिता भएको छ । २ सय ११ औं भानु जयन्तीको अवसरमा कार्यक्रम भएको हो ।
प्रतियोगितामा ७ समूह सहभागी थिए । स्पर्धामा गौरीशंकर समूह प्रथम, अन्नपूर्ण समूह द्वितीय, मकालु समूह तृतीय तथा जुगल समूह सान्त्वना भएका छन् ।
कार्यक्रममा पत्रकार दुर्गा अधिकारीले भानु जयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरीजवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गरिन् । उनले कार्यक्रमले बालकहरुको प्रतिभा प्रस्फुटन हुने बताउँदै यस्तै सकारात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न र भाग लिन आग्रहसमेत गरिन् ।
केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश डा चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्नुपर्ने कुरा बेग्लैमा सिक्नका लागि अनुरोध गरे । केदारेश्वर महादेवमणि सेवाश्रमका सचिव ओमनाथ अधिकारीले यस्ता कार्यक्रमले बालकको प्रतिभा प्रस्फुटन हुने बताउँदै समितिले जहिले पनि साथ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
सेवाश्रमका पीठाधीश डाक्टर चित्घन चैतन्यको अध्यक्षतामा भएको कार्यक्रममा छात्र परिषद्का उपाध्यक्ष पुष्पराज न्यौपाने, कार्यक्रमका संयोजक प्रज्ज्वल पोख्ररेल, सचिव सुभाष पौडेल र उत्तम दवाडी लगायतले बोलेका थिए । कार्यक्रममा गौरव अधिकारी, माधव खनाल, रामेश्वर फुयालले कवितावाचन गरेका छन् ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया