प्रतिभा माविमा क्रिकेटको प्राक्टिस नेट

पोखरा ।
पोखराको प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरे
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारका २ प्राक्टिस नेट बनाइएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन् । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौं । विद्यार्थीले नियमित अभ्यास गर्न पाउनेछन्,’ उनले भने ।
विद्यालयले गत वर्ष पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेका थियो । त्यसपछि क्रिकेटमा बढी ध्यान दिएको सापकोटाले बताए । ‘विद्यार्थीसँग आआफ्नै क्षमता हुन्छन् । पछिल्लो समय क्रिकेटप्रति युवा पुस्ताको रुचि निकै नै बढेको छ,’ उनले भने, ‘विद्यार्थीलाई क्रिकेट खेलमा आकर्षण गर्नका लागि पनि अभ्यास नेट तयार पारेका हाें ।’
विद्यालयले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यसअघि क्रिकेटर सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ । क्रिकेट नेट उद्घाटनअघि खेलाडी ऐरीसँग विद्यालयमा भेटघाट कार्यक्रम गरिएको थियो ।
एउटा गेम सकिएपछि अर्काेबारे सोच्ने हो । हार वा जित भइसकेको खेलबारे सोच्नु पर्दैन ।
दीपेन्द्र सिंह ऐरी, क्रिकेटर
भेटघाटमा विद्यार्थीहरु ऐरीसँग गफिएका थिए । विद्यार्थीसँगको छलफलका क्रममा ऐरीले हरेक खेल आफू सकारात्मक भाव लिएर खेल्ने सुनाए । ‘एउटा गेम सकिएपछि अर्काेको बारेमा सोच्ने हो । हार वा जित भइसकेको खेलबारे सोच्नु पर्दैन,’ उनले भने, ‘सकारात्मक सोचेर खेल्न जाने हो । कुनै पनि खेलमा जितबारे सोच्नुपर्छ, त्यसले सफलता पाउँछ ।’
आफू जहिल्यै अनुशासनमा रहेर खेल्ने उनले बताए । ‘म अनुशासनमा रहेर मेहनत गर्छु । त्यसले मलाई सफलता दिलाउँछ,’ ऐरीले विद्यार्थीलाई सुझाए, ‘कुनै पनि खेल क्षेत्रमा लाग्ने हो भने तलैदेखि आशावादी हुनुपर्छ ।’ उनले सरकारले कुनै पनि खेललाई प्राथमिकता दिनुपर्ने बताए । ‘सरकार र निजी क्षेत्र सबैको साथ रह्यो भने कुनै पनि खेल क्षेत्र अघि बढ्न सक्छ,’ उनले भने, ‘एउटा क्षेत्रको मात्र साथले हुँदैन ।’
क्रिकेटर ऐरी ग्रेस इन्टरनेसनलका ब्रान्ड एम्बेसडर पनि हुन् । ग्रेस इन्टरनेसनल उच्च शिक्षाका लागि सहजीकरण गर्ने कन्सल्ट्यान्ट हो । कार्यक्रममा सहभागी ग्रेस इन्टरनेशनलका निर्देशक प्रदीपकुमार लम्सालले खेलाडी उत्पादनमा नियमितताको आवश्यक पर्ने बताए । ‘विद्यालय स्तरमै नियमित गतिविधि हुने हो भने खेलले गति लिन्छ,’ उनले भने । त्यस अवसरमा ग्रेस इन्टरनेसनलले विद्यालयलाई क्रिकेटका खेल सामग्री पनि प्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयका अध्यक्ष नारायणले पौडेल क्रिकेट खेलले सिंगो नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘हारजित आफ्नो ठाउँमा छ । तर, नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राखेका छन,’ उनले भने, ‘ठूलो लगानी गर्ने मुलुकका अघि नेपालको खेलकुद क्षेत्रमा लगानी कम भएपनि क्रिकेटले नेपाललाई विश्वमै चिनाएको छ ।’
क्रिकेटमा खेलमा लगानी गर्दा विद्यार्थीलाई त्यस खेलप्रति लाग्न प्रेरणा मिल्ने पनि उनले बताए । ‘क्रिकेटमा पूर्वाधारमा हामिले थोरै भएपनी लगानी गरेका छौं । यो सुरुवाती लगानी हो । यो लगानीले विद्यार्थीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्नेछ,’ उनले भने, ‘खेलकुदमा लागेर पनि उच्च सुविधा पाइन्छ भन्ने विद्यार्थीलाई बुझाउन जरुरी छ । त्यसबाहेक विद्यार्थीको खुबी उजागर गर्न पनि यस्तो लगानी आवश्यक छ ।’









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया