पोखरा महानगरपालिकाको बजेट पारित

पोखरा ।
पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम आज पारित भएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझावसहित पारित भएको हो ।
महानगरले आगामी आवका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिए ।
नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो । यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहेको छ ।
संघीय राजस्व बाडँफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँट ९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ ।
महानगरपालिकाले बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सबलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।
सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ ।







वडाध्यक्षको पहल र क्लब अध्यक्षको सक्रियताले लालीगुराँस एशोसिएसन राष्ट्रिय लिगमा
कास्कीमा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी तीव्र, प्रहरीको सहयोगका लागि अपिल
‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’
प्रगतिटोलमा योग शिविर
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया