राजश्व संकलनमा लक्ष्य भेट्नै गाह्रो, पोहोरभन्दा ७ प्रतिशतले वृद्धि
समाधान संवाददाता
२०८१ साउन १ गते १८:०२

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ।
जुन निर्धारित वार्षिक लक्ष्य ६ अर्ब ३९ करोड ४७ लाख को ८७.१९ प्रतिशत हो । कार्यालयको अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले राजस्व वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व संकलन भएको छ प्रमुख कर अधिकृत शिव शर्माले बताए ।
आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/८१ मा आयकरतर्फ कूल ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब ७३ करोड ३६ लाख र अन्तः शुल्कतर्फ १६ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया