महिला एशिया कपमा नेपालको विजयी सुरुवात, सम्झना खड्काको विष्फोटक ब्याटिङ

पोखरा ।
श्रीलंकाको डम्बुलामा सुरु भएको ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ६ विकेटले हराएर इतिहास रचेको छ ।
११६ रनको औसत चुनौति पाएको नेपाललाई विजयी बनाउन सम्झना खड्काले विष्फोटक पारी खेलिन् । उनले पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउदै नेपाललाई सहजै जित दिलाइन् । सम्झनाले ४५ बलमा ७२ रन हानिन् ।
यसअघि युएइलाई औसत स्कोरमा रोक्न कप्ताल इन्दु वर्माले महत्वपूर्ण भूमिका खेलिन् । उनले ३ विकेट चट्काएकी थिइन् ।
टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।
नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्हर गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया