प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदकाे मत

समाधान संवाददाता २०८१ साउन ६ गते १८:४९


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका छन् ।

Advertisement

विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया