पोखरा २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
हेमजा ।
पोखरा महानगरपालिका वडा नम्बर २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिँदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हँुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो । पहिला सेवा दिँदै आएको कार्यालयमा भवन साँघुरो थियो । पार्किङको पनि समस्या थियो । आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाए । वडा कार्यालय साविक ग्रामप्रकाश आधारभूत विद्यालयको भवनमा सारिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूगोलको हिसाबले पोखरा ठूलो महानगरपालिका भएको बताउँदै जनसंख्या पनि धेरै भएको उल्लेख गरे । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सेवा शुभारम्भ गरेकोमा बधाई दिँदै वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताइन् । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, साविक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेलले पनि बोलेका थिए ।
कार्यक्रममा गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर माविका प्रअ अम्बर कुँवर, साविक ग्रामप्रकाश आविका अध्यक्ष दलबहादुर कुँवर, प्रअ मनोहरि तिमिल्सिना लगायतलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी ईश्वरी बाँस्तोलाले गरेकी थिइन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया