अब अनलाइनबाटै नागरिकता सिफारिस

पोखरा । पालिकाका वडाहरुबाट अब नागरिकताको सिफारिस अनलाइनबाटै हुनेभएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको उपस्थितिमा अन्नपूर्ण गाउँपालिका २ बाट सोही वडा निवासी सुरक्षा अधिकारीको नेपाली नागरिकता प्रमाणपत्रको लागि अनलाइन माध्यमबाट सिफारिस गरी स्थानीय तहहरुबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अभियानको शुरुवात शुक्रबार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।
यस प्रणालीको सुरुवातले नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटिरहित, व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि हुन जाने हुदाँ अन्नपूर्ण गाउँपालिका वडा नं ०२ बाट सुरुवात भएको अनलाइन सिफारिस प्रणालीलाई क्रमिक रुपमा कास्की जिल्लाका सबै पालिकाका वडाहरुबाट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको प्रजिअ पाण्डेले बताए ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया