आपराधिक पृष्ठभूमिका मन्त्री मनाङेद्वारा पत्रकार अमृत सुवेदीलाई धम्की

पोखरा । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ प्रदेशको भौतिक पूर्वाधार मन्त्री छन् । आपराधिक पृष्ठभूमिका मनाङे अहिलेसम्म गरी ६ पटक मन्त्री भइसके ।
पदीय मर्यादाको ख्यालै नगरी जे मन लाग्यो त्यहि बोल्ने र अफिसमा नाङ्गै बसेर रक्सी खाने गर्दा समेत सरकारको नेतृत्व चुप लागेको बसेको छ । संसद रोस्ट्रमबाटै पत्रकारलाई मनलाग्दी बोलेका मनाङेले अहिले फेरि पत्रकारलाई धम्की दिएका छन् ।
अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीको नामै किटेर उनले भनेका छन्, ‘उसले कुटाइ खानुपर्ने थियो, बिचरा सोझा पत्रकारले कुटाइ खाएछन् ।’ मनाङे भेस्ट मात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटोसहित सुवेदीले अनलाइन खबरमा समाचार लेखेका थिए । त्यही समाचारलाई आधार बनाएर मनाङेले मन्त्रीको कुर्सीमै बसेर निकृष्ट शब्द बोलेका छन् ।
जिम्मेबार पदमा बसेका मन्त्रीबाटै यस्तो अभिव्यक्ति आउँदा आफूलाई असुरक्षित महसुस गरेको पत्रकार सुवेदीले बताएका छन् । प्राप्त सूचना र प्रमाणका आधारमा समाचार लेख्दा जिम्मेवार व्यक्तिबाटै यस्तो व्यवहार हुँदा सरकारको नेतृत्व भने चुप लागेर बसेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत गएका छन् । कार्यवहाकको जिम्मेवारी पाएका मन्त्री बिन्दुकुमार थापाले यस घटनाले आफूलाई धेरै दुखित बनाएको भन्दै अहिले तनहुँमा रहेकाले फर्के लगत्तै मनाङेसँग यसबारेमा कुरा गर्ने बताएका छन् ।
यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्न गएका बेला आइतबार दिउँसो पत्रकार बिनु थापा र सुरज थापामाथि कुटपिट भएको थियो । उनीहरुलाई कुट्ने ४ जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।
मन्त्री मनाङेले आन्दोलनकारीको माग सम्बोधन र समस्या समाधानका लागि कुनै चासो देखाएका छैनन् । बरु बारम्बार विवादास्पद अभिव्यक्ति मात्रै दिइरहेका छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया