पश्चिमाञ्चल माविमा स्वागत र अभिमुखीकरण

पोखरा । पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’
विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । कोइरालाले भने, ‘अबको दुईवर्ष कतैपनि अन्योलमा नपर्नु, अहिलेको मेहनतले तपाइँको भविश्य बन्नेछ । विद्यार्थीलाई आफुलाई सहज हुने विषय छनोट गरेर अध्ययन गरेमा परिणाम पनि आफु अनुकुल आउने उनले बताए ।
विद्यालयकी सह प्राचार्य मीनु श्रेष्ठ कुँवरले विद्यार्थीलाई अध्ययनमा सफलता हात पार्ने गरि ध्यान दिन आग्रह गरिन । विद्यालयका संचालक डा. कपिल अधिकारीले कुनैपनि विषय अध्ययनमा सहज नभएकोले सबैका लागि मेहनत आवश्यक रहेको बताए ।
विद्यालयका दश जोड दुइका संयोजक देव क्षेत्रीले विद्यार्थीलाई अनुशासनमा रहन र अध्यापन गर्न सुझाव दिए । ‘भविश्य कस्तो बनाउने भन्ने तपाइँमै निर्भर छ । त्यसैले अहिलेको मेहनतले तपाँइको भविश्य बन्नेछ,’ उनले भने, ‘कसैको लहैलहैमा लागेर भन्द ा आफ्ना लागि भनेर अध्ययन गर्नुपर्छ ।’ विद्यालयका सिनियर इन्चार्ज विजयराज अधिकारीले कुनैपनि विषयलाई कमजोर ठान्न नहुने बताए । ‘सबै विषयका लागि उत्तिकै मेहनत आवश्यक छ,’ उनले भने ।
उक्त अवसरमा नेपाल आइडलका विजेता करण परियार र दोश्रो स्थान हासिल गरेकी सलोमी गुरुङले सांस्कृतिक कार्यक्रम पस्केका थिए । सोही कार्यक्रममा लक्ष्य ब्याण्डले समेत आफ्नो प्रस्तुती राखेको थियो । नेपाल आइडलका विजेता परियारले आफु निकै नै मेहनतका साथ यो ठाउँसम्म आएकोले विद्यार्थीले पनि सफलताका लागि मेहनत गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पस्केका थिए । पश्चिमाञ्चल माविमा विज्ञान, मानविकी, होटल व्यवस्थापन, होटल व्यवस्थापन र कानुन संकायमा अध्यापन हुन्छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया