केन्द्रको गठबन्धन पछ्याउँदै कास्कीमा कांग्रेस एमालेको बैठक

पोखरा । पुष्पकमल दाहाल प्रचण्डको सरकार गिराएर नयाँ गठबन्धनका साथ सरकारमा गएका कांग्रेस एमालेको साथले कति निरन्तरता पाउने हो निश्चित छैन ।
गण्डकी प्रदेशमा समेत सरकारमा एमाले सामेल हुने भनिए पनि त्यसको सुरसार छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि दिल्ली गएका छन् । जसका कारण सरकार पुनर्गठनमा बिलम्ब भएकाे छ ।
यता कास्कीमा भने कांग्रेस एमाले संयुक्त बैठक बसेर सहकार्यको छनक दिएका छन् । नेपाली काग्रेस कास्कीको कार्यालयमा नेपाली काग्रेस कास्की सभापति किशोरदत्त बरालको सभापतित्वमा बसेको बैठकमा एमाले अध्यक्षा बैनबहादुरी अधिकारी क्षेत्री, कांग्रेस र नेकपा एमालेका जिल्ला तथा केन्द्रीयस्तरका नेताहरु सहभागी थिए ।
बैठकले संघ तथा प्रदेशका सरकारलाई स्वागत गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ हार्दिक बधाई ज्ञापन गरेको छ । वैठकले कास्की जिल्लाको समग्र विकासका निम्ति, जनसरोकारका केही महत्वपूर्ण विषयहरु जस्तै सुशासन, पर्यटन विकास लगायतका विषयहरुमा साझा धारणा निर्माण गरी अगाडि बढ्ने र आगामी दिनमा बैठकलाई निरन्तर रुपमा अगाडि बढाउने निर्णय गरेको कांग्रेस सभापति किशोरदत्त बरालले बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया