गुप्तेश्वर गुफामा सोमबारे सन्ध्या आरती

समाधान संवाददाता २०८१ साउन १५ गते ५:२१

पोखरा । पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा परिसरमा सोमबार सन्ध्या आरतीको आयोजना गरियो । गुफा व्यवस्थापन समितिले विगत ४ वर्षदेखि प्रत्येक सोमबार आरतीको आयोजना गर्दै आएको हो ।

Advertisement

३ जना पण्डितद्धारा सुमधुर घुनसहित १ घण्टा प्रस्तुत गरिने आरतीमा विशेष गरी धुप, घिउ, ल्वाङदानी, कपुर, मयूरपङख, सेतोचमर, अलैंचिदाना, लाछीधागो, पुूलपाती लगायतका बिभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।

साउनको दोस्रो सोमबार आयोजित आरतीमा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको बताउँदै उनले भने, यसबाट आरतीलाई निरन्तरता प्रदान गर्न हौसला मिलेको छ । आरती सञ्चालनमा मासिक ३० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

Advertisement

पछिल्लो समय विभिन्न व्यक्तिहरुले आप्mनो र आफन्तको जन्मदिनको अवसरमा कर्ता बस्ने र आर्थिक सहयोग गर्ने दाताहरु त्था भक्तजनहरुले स्वस्फुर्त गरेको सहयोगले आरती सञ्चालनमा सहयोग पुगेको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया