२२ सचिवको सरुवा, अर्थमा घिमिरे, मधु मरासिनी उपराष्ट्रपतिको कार्यालयमा

पोखरा । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।
अर्थ सचिवमा राजश्व सचिव डा। राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरे आएका छन् ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी आएका छन् ।
प्राप्त विवरण अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद दुवाडीको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ भने राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोगमा आएका छन् । आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सदाबहार सचिव केशव शर्मा बिडारी नै फर्किएका छन् । उनी केही समय अघि मात्रै जल तथा ऊर्जा आयोगको सचिवालयमा पुगेका थिए ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहलाई नेपाल ट्रष्टमा पुर्याइएको छ भने नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा ल्याइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य जल तथा ऊर्जा आयोग पुर्याइएका छन् ।राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सर्जुकुमार वैद्यलाई पठाइएको छ ।
यसैगरी वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) सचिवमा सरुवा भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका छन् भने तथ्याङ्कका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा भित्रिएका छन् ।
प्राप्त विवरण अनुशार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयतिर पुगेका छन् भने उनको ठाउँमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल आएकी छिन् । प्रमाणीकरण हुने बेलासम्म यो सरुवाको सूची संशोधन हुने सम्भावना रहेको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया